उत्तरी गोलार्धको सुदूर उत्तरमा रहेको एउटा सानो देश नर्वेले संविधानसभा मार्फत संविधान प्राप्त गरेको यही महिना २०० वर्ष पूरा भएको छ। यो अवसरलाई नर्वेलीहरुले वर्षैभरि विभिन्न कार्यक्रमसाथ मनाउँदै छन्। डेनमार्कको झन्डै ४१७ वर्षसम्मको उपनिवेशकत्वबाट स्वतन्त्र भएपछि सन् १८१४ को मे १७ तारिखका दिन संविधान जारी गरिएको यो देशको अहिले विश्वमा छुट्टै पहिचान छ- ‘सबैभन्दा उच्च जीवनस्तर भएको नागरिकहरुको देश।’ नर्वेले विगत एक दशकदेखि संयुक्त राष्ट्रसंघीय मानव विकास सूचकांकको पहिलो तीन राष्ट्रमा आफ्नो स्थान सुरक्षित राख्दै आएको छ। सन् २००८ देखि त ऊ लगातार पहिलो स्थानमै छ। सन् २०१३ को प्रतिवेदन अनुसार यो देशको जिडिपी २८०.१७४ बिलियन अमेरिकीडलर र वार्षिक प्रतिव्यक्ति आय ५५,३९८ अमेरिकी डलर छ।
अहिले सबैको चासो छ, आफूलाई विश्वको सबैभन्दा सम्पन्न राष्ट्र बनाउन यहाँका राजनेताहरु कसरी सफल भए? के छ यो देशको विकासको इतिहास? Continue reading