बर्तमान नेपाली समाजमा नेताहरुप्रति तिब्र रोष देखिन्छ । सामाजिक सञ्जाल, छापाहरू, नागरिक वृत्त एबम चिया गफहरुमा नेताहरुप्रतिको नकारात्मक बिषबमन छताछुल्ल देखिने गरेको छ । धेरैको बनिबनाउ धारणा हुन्छ – बर्तमान नेत्रित्वबाट जति पनि अकर्मन्यताहरु दोहोरिन्छन, ति सबै नियोजितरुपलेनै गरिन्छन । उनीहरु देशको अबस्था जानाजान सुधार्न चाहदैनन् । देशमा ब्याप्त अनियमता सुध्रियो भने उनको रजाईं चल्ने छैन । आफ्नो र आफ्नो सन्तानको लागि ब्रम्हलुट गर्न पाइने छैन । हामी मध्ये अधिकाधिक माथिकै धारणामा सहमत हुन्छौं होला । हामी बीच ब्याप्त यस्ता धारणा कति सत्य छन् ? यी सबै दृस्टीकोण कति ठिक होला ? उनीहरु माथि अमानबिय र तल्लो स्तरका गालिहरु बर्सनु कति जायज छ ? उनीहरुको गलत क्रियाकलाप र अकर्मन्यतामा हाम्रो हिस्सा होलाकी नहोला ?
प्रकृति र समाज बिज्ञानको आँखाले हेर्दा दोषको भागिदार नेताहरुलाई मात्र बनाउनु अन्याय हुन्छ भन्ने मेरो बिस्लेषण छ । मेरो यो निजि विश्लेषणमा सहमत हुने नहुने छुट सबैलाई छ ।
मानिसका क्रियाकलाप मुख्य दुइ अबस्थाबाट निर्देशित हुन्छ-पहिलो शारीरिक वा जैविक, र दोश्रो वरीपरीको परिवेश । मानिसमा हुने असंख्य गुणहरु बंशाणुबाट निर्देशित वा नियन्त्रित हुन्छन । शरीर भित्रका अंग, तन्तुका चाल, रासायनिक प्रतिक्रिया, निश्रित हुने श्राबहरु, सोच्ने शैली, दायरा, निर्णय क्षमता, क्रियाकलाप सबै यिनै बंशाणुद्वारा नियन्त्रित हुने हो । यी बंशाणुहरु रासायनिक तत्वहरुको क्रमबद्ध संश्लेषण हुन् । तसर्थ, मानिसको आफ्नो क्रियाकलाप पनि आफ्नो बशमा छैन भन्दा हुन्छ । उसका शारीरिक गठनले उसको क्षमतालाइ पनि सिमित गरिदिएको हुन्छ । उसले आँटेको वा चाहेको सबै काम सधै एकनाशले गर्न सक्दैन । यो हामीले अनुभव गरेकै कुरा हो ।
स्कूल पढ्दा मेरा एकजना अति जेहेन्दार र अध्ययनशील साथी थिए । उनि अधिकांश समय पढेरै बिताउँथे । बारम्बार अनुशासनमा पुरस्कार पाउँथे । तर मिहेनत गरे अनुसार, चाहे अनुसार उनले परिक्षामा अंक ल्याउन सक्दैनथे । उनले इमान्दार प्रयास गरे पनि आफुले चाहेको स्थान उनलाई मिल्थेन । के यसमा उनलाई दोष दिन मिल्ला ? यस पटक मन्त्रि बामदेबले पदमा आउनासाथ प्रण गरे, ‘यसपाला राम्रो काम गर्नु छ, पहिले गुमेको साख फिर्ता गर्नु छ ।’ तर, हामीले देखिरहेका छौं, उनले कति काम बिगारे र अझ बिगार्दै छन् । उनि पहिले भन्दा बढी आलोचित भैरहेका छन् । यी दुइ उदाहरणले के देखाउँछ भने हरेक मान्छेमा बुद्धि र क्षमताको सिमितता (limitations) हुन्छ । मानिसले आफुले चाहे जसरिनै काम गर्न सक्दैन । उसले सक्दो कोशिस गर्दा पनि उसलाई त्यो सफलता प्राप्त नहुन सक्छ । यस्तो नहुँदो हो त सबै बैज्ञानिक आइन्स्टाइन र सबै साहित्यकार सेक्सपियर बन्न सक्ने थिए ।
यस अर्थमा हालका हाम्रा नेताहरुबाट एकपछि अर्को जुन अनिच्छित निर्णयहरु, क्रियाकलापहरु दोहोरिरहेका छन् यो उनीहरुले जानाजान गरेको भन्दा पनि बेशी बिबेकशिल गुणको कमिको कारण हो ! एक्लै वा समुहमा निर्णय लिंदा पनि कच्चा निर्णयहरु सार्बजनिक हुन्छन ! यसबाट कुनैपनि मुद्धा, घटनालाइ सहि ढंगले केलाउने, सहि दृस्टीकोणले हेर्ने, आफुले गरेका निर्णयबाट अल्पकालीन वा दिर्घकालिन रुपमा समाजमा पर्ने सकारात्मक नकारात्मक असरहरुबारे चनाखो हुन सक्ने आदि असल गुणहरुको उनीहरुमा कमि छ भन्ने बुझ्नु पर्छ ! यो जैविक (Biological) दोष हो । यस्तो चरित्र उनीहरुले जन्मदेखिनै लिएर आएका हुन् ! यस्तो चरित्र उनीहरुले चाहेर पनि त्याग्न सक्दैनन् ! तसर्थ जानाजान गलत क्रियाकलाप गरेका र गलत निर्णय गरेका हैनन् ! बरु राम्रो गर्ने हर-सम्भव प्रयास गर्दा-गर्दै सफल नभएका पनि हुन सक्छन ।
सामान्यतया मानिसहरुमा गुण बैगुनहरु हुन्छन, ति सामान्यतया एक अर्कासंग मेल पनि खान्छन । मानिसहरुको ठुलो समूह औशत क्षमता, औशत गुण र बानि बेहोरा सहितको हुन्छ । अहिलेका हाम्रा नेताहरु पनि यिनै औशतहरुको प्रतिनिधि पात्र मात्र हुन् । कतिपय मान्छेहरु औशत मान्छेभन्दा फरक काम गर्न सक्ने, बिशेष गुणले पूर्ण हुन सक्छन । अथवा तुलनात्मक रुपमा राम्रा गुण भएका हुन्छन । जसलाई हामी जिनियस वा विलक्षण प्रतिभाशाली भन्ने गर्छौं । ति कुनै कालखण्डमा एक दुइ भेटिन्छन । उनीहरुले सोच्ने, काम गर्ने अद्भुत शैली र क्षमतालाइ औशत मान्छेको क्षमतासंग दाँज्न मिल्दैन । कक्षामा मेघाबी बिद्यार्थी १-२ मात्र हुन्छन । संसारमा अरबौं मान्छे जन्मिए र मरे, तर हजारौं बर्षको मानब सभ्यताको इतिहासमा औंलामा गन्न सकिने केहि नामहरु-सुकरात, बुद्ध, गान्धी, मार्क्स, आइन्स्टाइन, शेक्सपिअर आदि नामले संसार हल्लिरहेको छ । नेपाली राजनीतिमा थुप्रै मान्छेको प्रवेश भैसकेको छ, तर हामी एक दुइ मान्छेको नाम मात्र बारम्बार दोहोर्याउँछौं, किन? हामी चाहिं हाम्रा औशत क्षमताका नेताहरुलाई तिनै विलक्षण प्रतिभावान, इतिहासमा बिरलै जन्मन सक्ने मानिसले जस्तै खुबी देखावस भनेर अरण्यरोदन गरिरहेछौं । जुन बास्तबिकतामा सम्भब हुदैन ।
यहाँनेर औशत नेत्रित्व विद्यमान समाज, यसको संरचना, चेतनाको स्तर, गति र प्रकृति अनुकुल हुन्छ भन्ने बास्तबिकतालाइ मनन गर्नु पर्ने हुन्छ । हाम्रो अहिलेको नेत्रित्व हामी आफैले निर्माण गरेको हो । हाम्रो समाजको विद्यमान संस्कृति, स्वरुप, शैक्षिक र चेतनाको स्तर हाम्रो नेत्रित्वको निर्णय क्षमताको स्तरमा हरदम प्रतिबिम्बित भैरहेको तथ्यलाइ हामीले स्वीकार्नै पर्छ । नेताहरुको अकर्मन्यताको प्रमुख कारण उनीहरु हुर्केको समाजबाट प्राप्त दीक्षाको प्रकृति पनि हो । हामी स्कूलबाट एक खालको बनि-बनाउ शिक्षा प्राप्त गर्छौं भने त्यो भन्दा बढी हाम्रो घराना, समाज र परिवेशबाट दीक्षित भैरहेका छौं । जुन दीक्षा संस्कृति, संस्कारको रुपमा हाम्रो नशा-नशामा भिजेको हुन्छ र हाम्रा क्रियाकलापमा ति संस्कारका प्रतिबिम्ब प्रस्ट देखिन्छ । अहिलेको नेताहरुको यो सामाजिक पाठशाला शामन्ती ढाँचाको पाठशाला हो । यस्तो संस्कारमा हामीले आफु भन्दा ठुलाको कुरा काट्न नहुने, आज्ञाकारी हुनुपर्ने, ठुलाले सानालाई दबाउनु पर्ने, पुरुषले महिलालाइ दबदबामा राख्नु पर्ने, आफु भन्दा ठुलोले भनेको कुरा गल्ति नै भए पनि मौन समर्थन गर्ने आदि कुरा सिकेका हुन्छौं । फेरी अहिले भैरहेका अधिक संख्याका नेताहरुको पारिबारिक र सामाजिक पृष्ठभुमि पनि शामन्तीनै हो । तसर्थ, आफ्नो दबदबा चाहने मानाशिकता बारम्बार प्रकट भैरहेको हामी महसुस गर्न सक्छौं । आफ्नो कुरा पुरा नहुने अबस्थामा उनिहरु दम्भले गर्दा बिधि मिच्न तयार हुन्छन र संगठनमा पनि गुट बनाउछन । दबाब समूह बनाइ आफ्नो कुरा पुरा गराउछन । यस्तो सामन्ती आचरणले उनीहरुको आफ्नै दललाइ जिर्ण र तन्नम बनाइसकेको हेका समेत उनीहरु आफैलाई भैरहेको हुदैन ।
नेत्रित्व बर्गको मुख्य चुनौती भनेको समाज एबम राज्यका अंगहरुमा विद्यमान यथास्थितिको जडतालाइ भत्काउनु हो । यसको लागि दृढ इच्छाशक्ति आबस्यक हुन्छ । परम्परागत मान्यताले गाँजेको संरचना बिरुद्ध जाँदा आइपर्ने चुनौती र ब्यबधानहरुलाई सामना गर्न सक्ने, उचित ब्यबस्थापन गर्ने र सकारात्मक-नकारात्मक पक्षहरुबारे समाजलाइ बुझाउन सक्ने क्षमता औशत नेत्रित्वमा हुदैन । त्यसैले भैरहेको अबस्थाको विकल्प उसले सोच्न पनि सक्दैन । उनीहरु यथास्थितिलाइ परास्त गर्नुपर्ने दायित्वबाट पन्छिएर सम्झौता गर्न पुग्छन । राम्रो गर्न आबस्यक पर्ने पर्याप्त गुणको अभाबमा यस्तो भएको हो । तसर्थ, समाधान भनेको यस्तो कमसल गुणयुक्त नेत्रित्वलाइ असल गुणयुक्त नेत्रित्वबाट प्रतिस्थापन गर्ने हो । यसका लागि हाम्रो समाजको चेतना र शैक्षिक स्तर द्रुत ढंगले बढ्नु आबस्यक देखिन्छ । किनकि आफ्नो मतको मूल्यको बास्तबिक पहिचान गर्न सक्ने मतदाताहरुको संख्या हाम्रो समाजमा अहिले पनि अत्यन्त कम छ ।
असल गुण, क्षमता र दृस्टीकोण भएका व्यक्तिहरु नेपाली समाजमा नभएका हैनन् । राजनीतिमा पनि यस्ता व्यक्तिहरुको विभिन्न कालखण्डमा प्रवेश भएकै हुनुपर्छ । प्राय यस्ता गुणबत्ताहरुमा देखिने विभिन्न खालका जडताहरु (स्वाभिमान, क्षमता र बिषय बस्तुमा हाशिल गरेका बिशिस्ठता प्रतिको घमण्ड आदि) हाम्रो समाजको स्तरलाइ पाच्य नभएझै लाग्छ । यस्ता व्यक्तिहरु चाकडी चाप्लुसी गर्दैनन्, अरुसँग झुक्दैनन, विधिका लागि सम्झौता गर्दैनन् । हामीले चाहेको विधिको शाशन यस्तै व्यक्तिहरुको नेत्रित्वबाट मात्र सम्भव हुन्छ । तर अर्कोतिर हाल नेत्रित्वमा दखल जमाइरहेको अवसरबादी, चलाख, बाठो वा शक्तिका लागि सबै हथकण्डाहरु अपनाउन सक्ने गुणहरुलाइ हाम्रो बर्तमान समाजको स्तरले रुचाएको बुझिन्छ । हामी क्रियाकलाप पहिलो समुहले जस्तो गरोस भन्ने चाहन्छौ, तर अवसर आउँदा हरेक पटक दोश्रो गुणयुक्त समूहलाइ अनुमोदन गर्छौ । किनकि हामी पनि आबस्यक परेको बेला बिधि मिचेर पनि आफ्नो हितमा काम गरिदिने नेत्रित्व चाहन्छौ । पार्टी भित्रको छनौटमानै यो कुरा लागु भैरहेको छ । प्रकृतिको नियमअनुसार अस्तित्वको लागि संघर्ष हुन्छ, असल गुणहरुले बिजय प्राप्त गर्छ । तर हाम्रो समाजमा उल्टो भएको देखिएको छ । हाम्रो समाजको अहिलेको स्तरले नेत्रित्वको लागि आबश्यक पर्ने अशल गुणहरुको पूर्ण रुपमा पहिचान गरि त्यसलाई छनौट गर्ने र स्थापित गर्ने क्षमता राख्दैन । प्रकृतिको नियमनै कस्तो रहेछ भने सधै सबै राम्रा गुणहरु सफल र स्थापित नहुन सक्छन । त्यसैको फलस्वरूप स्वाभिमानी, सदगुणी, आशालाग्दा थुप्रै व्यक्तिहरु थोरै संघर्ष पछि वाक – दिक भएर राजनीतिबाटै पलायन हुने बाताबरण छ । यो नेपाली समाजको बर्तमान अबस्था हो । जबसम्म यस्तो अबस्थाबाट हामी मुक्त हुदैनौ, तबसम्म हामी हण्डर खाइनै रहनेछौ ।