आधुनिक विश्वमा देशहरू धनी र गरिब किन छन् ? यो गहन प्रश्नको जवाफको खोजीमा विद्वानहरूद्वारा अध्ययन र अनुसन्धानमा लामो समय व्यतित भएको छ । ७० को दशकमा गरिब मुलुक पपुआ न्युगिनीका एक स्थानीय नेता (याली) द्वारा अमेरिकी चरा वैज्ञानिक जारेड डायमण्डलाई यही प्रश्न गरिएको थियो ।
जवाफ खोज्ने क्रममा उनले २५ वर्ष अध्ययन, अनुसन्धान गरे र निष्कर्षमा ‘गन्स, जर्म्स एन्ड स्टिल’ नामक विख्यात पुस्तक तयार गरे। उनले समृद्धिको प्रसङ्गलाई मानव सभ्यताको उदगम वा इतिहाससँग जोडेर हेर्ने प्रयास गरेका छन्।
अमेरिकी अर्थशास्त्री द्वय डारेन असेमोग्लु र जेम्स रबिन्सनले १५ वर्षको अथक प्रयासपछि तयार गरेको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ पनि त्यही प्रश्नको जवाफ खोज्नमा तल्लिन छ। तर यी दुई पुस्तक लगायत अन्य थुप्रै अध्येताहरूको व्याख्या र विश्लेषणले चित्तबुझ्दो जवाफ खोजिरहेको समुदायलाई पूर्णरूपमा सन्तुष्ट बनाउनसकेको छैन। Continue reading