प्रश्नहरु

IMG_4789

जतिबेला
आमाको गर्भमा थिँए
मेरा आँखा बन्द रहन्थे
तर सपना देख्थेँ
गजबको स्वर्ग हुन्थ्यो त्यो सपनामा
जहाँ खुट्टाहरु बेलगाम बुर्कुशी मार्थे
मलाइ स्वर्ग हेर्ने रहर थियो !
अवतरित मेरा जिज्ञाशु आँखाले
अगाडी स्वर्ग देखेन
बरु मेरी आमा माथि
एक हुल
प्रश्नरुपी संगिनहरु
क्रुर बज्रिदै थिए !
निरन्तर बज्रिनै रहे !
थेग्नै नसकिने प्रहार !
बुझ्ने भएँ
एउटा प्रश्न अकस्मात
मन्थिङ्गल्मा बज्रियो
तिम्रोसूत्रको ?’
अवाक
भाउन्न
आँखामा आँशुको पर्दा
मेरो स्वर्ग छेकियो !

थाहा भयो,
सम्मति बिना
लखेटिदालखेटिदै
यौन पिपाशु द्वारा
मेरो सूत्र खोपिएको थियो !

निष्कर्ष;
मलाइ समाजले चिनेन
मलाइ देशले चिन्दैन
धिक्कार !

प्रश्नका हुल
हरदम लखेटिरहन्छन मलाई
छेलिदै, भागिरहेकि हुन्थेँ
रक्ताम्मे भएँ एक दिन
अकस्मात लखेटिएँ छाउ घर  
मेरो घाम छेकियो !

फेरि अर्को एक दिन
पाठशालामा तगारो लाग्यो
म आफै तारा गन्न नसक्ने भएँ
मेरो स्वर्ग फेरि छेकियो !

भागिरहन्छु
तर जम्काभेट भैरहन्छ
हुलका हुल प्रश्नसँग अझै !
कहिले प्रश्नहरु
ठूला-ठूला आँखाका बीचबाट हाम्फ़ाल्छन
साँपझैं फणा उठाउँछन  
डस्न थाल्छन शरीरमा !
संगिनलेझैँ घोच्छन ठाउँ-ठाउँमा !

पीडाको आँसू बगेको
नशानशामा
त्यहि आँसूको बल
दाह्रा किटिरहेछु
मुठ्ठी कसिरहेछु
प्रश्नहरुकै बीच
ठिङ्ग उभिदैछु/ उभिनेछु
किनकि बन्नुछ मैले
एउटा सम्पूर्ण सम्मानको उत्तर !


मार्च , २०१८
बर्गेन, नर्वे


Leave a comment