एक्काइसौँ शताब्दीकै विशेष उपलब्धिको रूपमा लिन सकिने सामाजिक सञ्जालप्रति नकारात्मक अभिव्यक्तिहरू छताछुल्ल हुनथालेका छन् । कतिपय विद्वानहरूले यसलाई असामाजिक सञ्जालसमेत भनिदिएका छन् । सञ्जालमा हुने आलोचना र टिप्पणी बढी मात्रामा व्यक्ति केन्द्रित र आक्रोशपूर्ण देखिएको हो कि जस्तो भान हुन्छ । आलोचनामा हतारो बढी देखिन्छ, जसले तथ्यहीन, सतही र हचुवा पाराका खबरहरूको दबदबा बढिरहेको देखिन्छ ।
यस्तो अवस्था समग्र समाजको लागि खराब संकेत हो । तर धेरैले बुझेजस्तो सञ्जालले खराब वा नकारात्मक माध्यमको रूपमा मात्र काम गरिरहेको चाहिँ सत्य हैन । बरु मान्छेको नकारात्मक गतिविधि र समाचारप्रतिको बढ्दो चासोले यसका अनेकौँ योगदान र सकारात्मक पक्ष छायामा परेको हो । Continue reading