असफल नेतृत्वको रजगजले निराश नयाँ पुस्ता

‘एकसाथ यति धेरै मानिस निराश भएको विगतमा कहिल्यै अनुभव गरिएको थिएन।’ आम मानिस मात्र होइनन्, केही वर्षयता यस्ता अभिव्यक्ति शासन चलाइरहेकै दलका कतिपय नेताबाट पनि आइरहेका छन्। निराशाको ग्राफ घट्नु साटो वर्षेनि बढ्दो छ। सबैभन्दा बढी निराश जनसंख्याको ठूलो हिस्सा ओगटेको र सन् १९९० पछि जन्मे-हुर्केंको नयाँ पुस्ता देखिन्छ। कतिपय अध्ययनका तथ्याङ्कले स्वदेशमा सुखद् भविष्य नदेखेर यो पुस्ता निराश भएको देखाउँछ। कतिपयले यसलाई अतिरञ्जना त कतिले उमेरजन्य आवेग भनेको टिप्पणी पनि सुनिएकै हो। कारण र तर्क जेसुकै दिइए पनि यो पक्का हो नयाँ पुस्तामा निराशा बढ्दो छ। नयाँ पुस्ता मात्र होइन, राजनीतिलाई सेवाको माध्यम बनाउने सोच सहित विभिन्न पार्टीमा क्रियाशील रहेकाहरू समेत ब्याकफुटमा देखिन्छन्। त्यसैले यो गम्भीर समस्या बनेको छ।

Continue reading

नेतृत्वमा पुस्तान्तरणको सवाल

नेपाली राजनीतिका दुई मूर्धन्य हस्तीहरू बीपी कोइराला र पुष्पलाललाई अधिकांश नेपालीले आदरका साथ स्मरण गर्दछन । उल्लेखनीय के छ भने, समय बित्दै जाँदा यी दुई नेताप्रतिको सम्मानको दायरा क्रमशः बढ्दै गएको छ । दुवै नेतालाई विपक्षी विचारका अनुयायीहरूबाट समेत आदर दिने क्रम बढ्दो छ ।

उनीहरूप्रति आजपर्यन्त श्रद्धा जागिरहनुको कारण के होला ? कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीले चलाएको सत्ताको अवधि छोटो र प्रभावकारी थियो । जनताले उनीहरूको नेतृत्वको निरन्तरता चाहेकै अवस्थामा सत्ताबाट ओर्लिनुपर्‍यो । मदन भण्डारी, पुष्पलालले राजकाज चलाएको हेर्ने मौका जनतालाई मिलेन । गणेशमान त्यस्ता व्यक्ति थिए, जसले सरकारको नेतृत्व गर्ने अवसरलाई समेत त्यागेका थिए । जीवन र जगत्प्रतिको दृष्टिकोण वा आफ्नो जीवनदर्शनप्रति प्रस्ट, आफूले अंगीकार गरेको विचार र सिद्धान्तप्रति निष्ठावान् यी नेताहरूको राजनीतिक जीवनको उल्लेख्य अवधि संघर्षमै बित्यो । समग्रमा उल्लिखित राजनीतिक व्यक्तिहरू शक्ति र पदमा आसक्त भएनन् । र, बाँचुन्जेल राजनीतिलाई देश र जनताको सेवाको माध्यमका रूपमा अंगीकार गरे ।

Continue reading

सामाजिक सञ्‍जाल र शङ्‍का

samajik-sanjal-raसभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् ।

समाज विकासको लागि आलोचनात्मक दृष्टिकोण आवश्यक र अपरिहार्य हुन्छ । मानिसको सामाजिकता (भेला हुने, गफ गर्ने, कुरा काट्ने संस्कृति) यस्ता दृष्टिकोण अभिव्यक्त हुने मुख्य अवसर हो । गफिनु, कुरा काट्नुलाई अंग्रेजीमा ‘गस्सिपिङ’ भनिन्छ र सामाजिकतासँग अलग गरेर हेर्न नमिल्ने कुरा काट्ने प्रवृत्तिलाई समाजले नकारात्मक रूपमा बुझ्दै र स्वीकार्दै आएको छ । तर धेरै अनुसन्धानपश्चात वैज्ञानिकहरूले तथ्य र कारणसहित मान्छेको यस्तो चरित्रलाई सकारात्मक रूपमा अङ्गीकार गर्नुपर्ने सुझाएका छन् । Continue reading

अनि आक्रोशित देखिन्छन् मान्छेहरू

f-ani-aakroshit-7-page-02112019035112-300x0-2-e1589295895710एक्काइसौँ शताब्दीकै विशेष उपलब्धिको रूपमा लिन सकिने सामाजिक सञ्जालप्रति नकारात्मक अभिव्यक्तिहरू छताछुल्ल हुनथालेका छन् । कतिपय विद्वानहरूले यसलाई असामाजिक सञ्जालसमेत भनिदिएका छन् । सञ्जालमा हुने आलोचना र टिप्पणी बढी मात्रामा व्यक्ति केन्द्रित र आक्रोशपूर्ण देखिएको हो कि जस्तो भान हुन्छ । आलोचनामा हतारो बढी देखिन्छ, जसले तथ्यहीन, सतही र हचुवा पाराका खबरहरूको दबदबा बढिरहेको देखिन्छ ।

यस्तो अवस्था समग्र समाजको लागि खराब संकेत हो । तर धेरैले बुझेजस्तो सञ्जालले खराब वा नकारात्मक माध्यमको रूपमा मात्र काम गरिरहेको चाहिँ सत्य हैन । बरु मान्छेको नकारात्मक गतिविधि र समाचारप्रतिको बढ्दो चासोले यसका अनेकौँ योगदान र सकारात्मक पक्ष छायामा परेको हो । Continue reading

खुम्चिँदो बहस संस्कृति

bahas-kantipur-211हाम्रो सामाजिक तथा राजनितिक जीवनका पछिल्ला घटनाक्रमहरु हेर्दा बिधिको शासन, संघीयता र लोकतन्त्रको सुदृढ़ीकरणको लागि चालिनु पर्ने पाइलाहरु अपेक्षित दिशा र गतिमा अघि नबढिरहेको प्रतीत हुन्छ। एकातिर, संस्थागत सबलीकरणका लागि स्वायत्तता माग गरिरहेका बढ़ी भन्दा बढ़ी संस्थाहरुलाई सरकार प्रमुखले आफ्नो मातहतमा ल्याउन चाहेको देखियो भने, अर्कोतिर जनस्तरबाट समेत हरेक घटना र बिषयमा सरकार प्रमुखकै हस्तक्षेप चाहेको देखियो।

प्रमकै तहबाट निर्णय खोज्ने, बिभिन्न तप्का र तहबाट निर्णय गर्ने क्रममा प्रमकै संकेत र निर्देशनको प्रतीक्षा गर्ने, जाहेरी उनैकोमा पठाउने, घटनाका बारे प्रमकै प्रतिक्रया सुन्न चाहने जस्ता प्रवृत्तिले यस्तै संकेत गर्दछ। शासन प्रणालीको यस्तो दृश्यले बिधिसम्मत राजनितिक प्रणाली स्थापनाको बाटोमा हाम्रो मन्द गतिलाई चित्रित गर्दछ। हाम्रो मनोबिज्ञानले आदेशात्मक वा निर्देशात्मक प्रणालीलाइ छाड्न आनकानी गरिरहेझैँ भान हुन्छ। लोकतन्त्र र संघीयताको मजबुतीकरण र बिकासको लागि यस्तो दृश्य सकारात्मक हैन। Continue reading

समाजवादी सरकारको उल्टो बाटो

samajbaadi-sarkar-e1542837920721केपी ओली नेतृत्वको सरकार गठन भएयता पाँच महिना व्यतित भएको छ । यो अवधि सरकारको मूल्यांकनका लागि पर्याप्त हैन । दुई तिहाई बहुमतको, बलियो/स्थिर, कम्युनिष्ट सरकारको बिबिध विशेषणसहित गठन भएको सरकारको कामको तौरतरिका बिगतका सरकारको भन्दा टड्कारो रुपमा भिन्न हुनेछ भन्ने आम अपेक्षा थियो । तर, सरकारको कामको शैलीले कुनै नवीन छनक दिने संकेत अहिलेसम्म देखाउन सकेको छैन।
यस बीच आलोचनाहरुलाई आत्ममूल्यांकनको पुडियाको रुपमा ग्रहण गर्नुपर्नेमा सरकार प्रतिबाद्को शैली अङ्गीकार गर्दैछ, जसले सरकार झन्-झन् अप्ठ्यारोमा फस्दै गएको देखिन्छ। Continue reading

विकासको सिर्जनात्मक बाटो

bikaash-ra-oli-sarkaar1-e1542839326410नयाँ संविधान अनुसार तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकारसमेत बहाल भइसकेको छ । नेपाली समाजमा विद्यमान कैयौँ जटिल मुद्दालाई करिब–करिब टुंगो लगाइएको हुनाले अहिलेको अवस्थालाई विगतको तुलनामा परिपक्व अवस्था मान्न सकिन्छ । सल्टाउनुपर्ने बाँकी मुद्दामाथि निरन्तर बहसलाई खुला राख्दै उपयुक्त समयमा उचित निर्णय लिने अवसर अवश्य मिल्ने अपेक्षा राख्ने हो भने यो घडीलाई देशले प्राप्त गरेको ‘ऐतिहासिक मोड’को रूपमा लिन सकिन्छ । नेतृत्वमा संकल्प र इच्छाशक्ति हुने हो भने यही बिन्दुबाट विगतका गल्ती, कमजोरीहरूलाई सच्याउँदै देशलाई सुखद दिशातिर डोर्‍याउन सकिने सम्भावना छ । Continue reading

सार्वजनिक पद : ‘प्रतिष्ठा’ कि ‘जिम्मेवारी’ ?

pratistha-ki-padमहाभूकम्पपछि अढाई वर्ष व्यतित भइसकेको छ । तर विडम्बना नै भन्नुपर्छ, यस अवधिमा ७ लाखभन्दा बढी परिवार (९२ प्रतिशत) को बास अझै झुपडीमा सीमित छ । यस अर्थमा सुरक्षित जीवन जिउन पाउने (पीडित) नागरिकको अधिकार खोसिएको छ । पुन:स्थापनाको काममा देखिएको निकम्मापनले नेपाल र नेपालीको अन्तर्राष्ट्रमा शाख गिरेको छ ।

अझै लज्जाजनक कुरा त के छ भने यसैबीच पुनर्निर्माण प्राधिकरण प्रमुखजस्तो अति संवेदनशील पदमा आसिन व्यक्तिको चारपटक हेरफेर भइसकेको छ । लाखौँ नागरिकको जीवनसँग गाँसिएको संवेदशील ‘पद’ यसरी पटक–पटक खाली भइरहनुमा र पदासिन व्यक्तिले प्रभावकारी काम गर्न नसक्नुमा अनावश्यक राजनीतिक हस्तक्षेप, व्यक्तिको महत्त्वाकांक्षा, गैरजिम्मेवारीपन मुख्य रूपमा दोषी रहेको वास्तविकतालाई प्रस्ट्याइरहनु जरुरी नहोला । Continue reading

नेपाली राजनीतिका विभ्रम

gathabandhan

हरेक महत्वपूर्ण राजनीतिक घटनाका पछाडि बाह्य शक्तिको हात हुन्छ भन्ने एउटा ‘आम बुझाइ’ खडा भइसकेको छ, नेपाली समाजमा । यस्तै बुझाइलाई थप बल पुर्‍याउने उद्देश्य अनुरुप छापा र टेलिभिजनका पर्दामा विश्लेषक र बुद्धिजीवीहरूलाई उक्त शक्तिबारे अड्कलबाजी गर्न लगाइन्छ।

नेपाली समाजको ठूलो हिस्सा ०६२/६३ को आन्दोलनपूर्व तत्कालीन ७ दलबीच भएको १२ बुँदे सहमति भारतको मध्यस्थतामा भएको ठान्छन् । तर सहमतिका साक्षी वा हस्ताक्षरकर्ताहरू उक्त कुरा स्वीकार्न तयार देखिँदैनन् । सत्य हैन भने यस्तो आमबुझाइ बन्नु के राष्ट्रहितमा हुन्छ ? यस प्रसंगमा तथ्य पुष्टि गर्ने प्राधिकार को हो ? जबकि हामी जीवित साक्षीलाई विश्वास गर्दैनौं । देशभित्र प्रतिकूल अवस्था कायम रहेको अवस्थामा राष्ट्रहितका प्रसङ्गहरू विदेशी भूमिमा छलफल हुने प्रचलन विश्व इतिहासमा हुँदाहुँदै कुनै तथ्यबिना आरोप लागिरहनु कत्तिको जायज हुन्छ ? Continue reading

भ्रमात्मक विचारको दबदबा

bichaarmaa-jaaloप्रभावशाली भूमण्डलीय तथ्याङ्क प्रस्तोताद्वय हान्स र ओला रोस्लिङ (बाबु–छोरा) ले आफ्नो एक प्रस्तुतिमा भनेका थिए, ‘हाम्रो ज्ञानको पृष्ठभूमिका कारण हामी व्यक्तिगत रूपमा पूर्वाग्रही, पक्षपातपूर्ण व्यवहार र सोचमा अभ्यस्त भैरहेका छौं । हाम्रो यस्तो मनस्थितिलाई आमसञ्चार जगतले उपयोग गर्दै नकारात्मकता फैलाइरहेको हुन्छ ।’

पछिल्लो समय उदारीकरणको परिणामस्वरूप विश्वमा धनी र गरिबबीच खाडल बढ्नु (नकारात्मक) को साथै ठूलो पैमानामा मध्यम वर्गको विस्तार (सकारात्मक) पनि भएको छ ।

विश्व आज समृद्धशाली बन्नुमा मध्यम वर्गको ठूलो योगदान छ । तर पहिलो सत्यलाई जोडतोडले उठाइएको छ भने दोस्रो सत्यबारे ज्यादै कम चर्चा हुने गरेको छ । उक्त तथ्यलाई नकारात्मक समाचारले प्राथमिकता पाएको उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । प्रस्तुत प्रसंगमा नेपाली समाजको वर्तमान अवस्था पनि भिन्न छैन । Continue reading

समृद्धिको बहस: नमिलेको भाष्य

kantipur1आधुनिक विश्वमा देशहरू धनी र गरिब किन छन् ? यो गहन प्रश्नको जवाफको खोजीमा विद्वानहरूद्वारा अध्ययन र अनुसन्धानमा लामो समय व्यतित भएको छ । ७० को दशकमा गरिब मुलुक पपुआ न्युगिनीका एक स्थानीय नेता (याली) द्वारा अमेरिकी चरा वैज्ञानिक जारेड डायमण्डलाई यही प्रश्न गरिएको थियो ।

जवाफ खोज्ने क्रममा उनले २५ वर्ष अध्ययन, अनुसन्धान गरे र निष्कर्षमा ‘गन्स, जर्म्स एन्ड स्टिल’ नामक विख्यात पुस्तक तयार गरे। उनले समृद्धिको प्रसङ्गलाई मानव सभ्यताको उदगम वा इतिहाससँग जोडेर हेर्ने प्रयास गरेका छन्।

अमेरिकी अर्थशास्त्री द्वय डारेन असेमोग्लु र जेम्स रबिन्सनले १५ वर्षको अथक प्रयासपछि तयार गरेको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ पनि त्यही प्रश्नको जवाफ खोज्नमा तल्लिन छ। तर यी दुई पुस्तक लगायत अन्य थुप्रै अध्येताहरूको व्याख्या र विश्लेषणले चित्तबुझ्दो जवाफ खोजिरहेको समुदायलाई पूर्णरूपमा सन्तुष्ट बनाउनसकेको छैन। Continue reading

लोकतन्त्र बलियो बनाउने दायित्व

loktantra1आधुनिक नेपालको झन्डै सात दशक व्यतित भइसक्दा समेत नेपालीको निराशा र असन्तुष्टि ज्युँकात्युँ रहेको छ। हाम्रो चाहना अनुसारको अग्रगामी राज्यको प्रस्थानबिन्दु विधिको शासन हो ।

योग्यताको कदर, रोजगारीको अवसर, राजनीति र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारको अन्त्य, जातीय, क्षेत्रीय, लिंगीय विभेदको अन्त्य, महिला, दलित, अल्पसंख्यक समूहको राज्यका अंगहरूमा सम्मानजनक उपस्थिति, शिक्षा र स्वास्थ्यमा आधारभूत जनताको पहुँच, आर्थिक उन्नति आदि परिवर्तनका मुख्य मुद्दालाई सम्बोधन गर्ने दिशामा हामीले आशातित उपलब्धि हासिल गर्नसकेका छैनौँ । नयाँ संविधान लागु हुने क्रममा उल्लिखित मुद्दा कुन रूपमा कति सम्बोधित हुनेछन्, त्यो पर्खाइको विषय होला। Continue reading