सामन्तवादका प्रतीक हाम्रा पार्टीहरु

अहिले सबै जसो अखबारहरुमा नेपाल सम्बन्धि बहस चलिरहेको छ । यो बहसको टुंगो लाग्ला नलाग्ला, तर यस खालका चिन्तनको अर्थ अबस्य रहन्छ । यस्ता बहसबाट राज्य-संयन्त्रका व्यक्तिहरुले उचित लाभ लिन सक्ने ठाउँहरु पनि हुन्छन । बहसको केन्द्र भागमा छ, ‘नेपालको बिकास र यसको गति’ । नेपालले बिकासको बाटोमा आशातित गति लिन नसक्नुको पछि दोषी को छ ? राजनैतिक पार्टीहरु, त्यसका नेताहरु वा हाम्रा बिकासका मोडेलहरु ? यस प्रसंगमा हाल भैरहेका शक्तिहरु अत्यन्त पुरानो भयो र अब यसले काम गर्न सक्तैन, ‘नया शक्तिको खाँचो’ छ भन्ने मत निकै बलवान देखिएको छ । त्यसैले यहि धारणाको वरीपरि रहेर आफ्ना मतहरु प्रकट गर्ने कोसिस गर्दैछु ।

अहिले के ब्याख्या गर्ने गरिएको छ भने नेपाली समाजको संरचना परिबर्तन भैसकेको छ र पूर्ण रुपमा पुजीबादी चरणमा प्रवेश गरिसकेको छ । यो अबस्था आउनुमा ने. का., वामपन्थीहरुको विभिन्न आन्दोलन र मधेसीहरुको आन्दोलनको योगदान रहेको छ । उत्पादन सम्बन्धका दृष्टिले हेर्दा यो व्याख्यामा आंशिक सत्यता अबस्य होला, तर संस्कारगत दृस्टीले हेर्दा हाम्रो समाज अझै सामन्तवादको धंग-धंगीबाट कति पनि बाहिर आउन सकेको देखिन्न । यसको प्रस्ट छाया हाम्रो नेत्रित्वमा देखिन्छ । हाम्रो नेत्रित्व बर्गमा घर गरेको यहि सामन्ती संस्कारका कारण विभिन्न समयमा नेपाली जनताले गरेका आन्दोलन स्वरुप प्राप्त भएका परिबर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न सकिएन । पहिलो संबिधानसभा असफल रहनुको प्रमुख कारण पनि यहि समस्या नै हो । यद्यपि यस प्रसंगमा अरु पनि मुद्धाहरु उल्लेख्य रुपमा भएको तथ्यलाई नकार्न सकिदैन । फेरी यो दोष उनीहरुको मात्र हैन । बास्तबमा हाम्रो समाजको चेतना र बिकासको प्रतिछाया उनीहरुमा प्रतिबिम्बित भएको मात्र हो ! यहि कारण नै हो, हरेक पार्टीमा नेत्रित्व हस्तान्तरणको प्रक्रिया गतिशील हुन सकेन । चरम गुटबन्दिको अबस्था विद्यमान छ ! गुटबन्दिले के देखाउंछ भने सिमित व्यक्तिहरु शक्ति हत्याउन सफल छन् ! सम्पति उनीहरुसंग धेरै छ वा राज्यको सम्पति माथि उनीहरु हाबी छन् । आफ्ना मान्छेको हितका लागि शक्ति र श्रोत परिचालन गर्ने क्षमता राख्छन । राजनैतिक परिबर्तन भनेको सत्ता परिबर्तन मात्र हैन रहेछ । पूर्ण रुपमा समाज एबम नेताहरुको सोच, संस्कार र संस्कृतिमा परिबर्तन नहुदासम्म परिबर्तनको महसुस गर्न सकिदैन भन्ने कुरा अब घाम जत्तिकै छर्लंग भैसकेको छ । यसरि, समाजमा यथोचित चेतनाको बिकास नभए सम्म हामीले परिबर्तनलाइ चाहेको दिशातिर निर्देशित गर्न सक्दैनौ ।

अब जाउँ ‘नया शक्ति’ को बिषय तिर । यो प्रसंगको बारेमा कुरा गर्दा मलाइ के लागिरहेको छ भने नया शक्तिको परिभाषा नै कसरि दिने ? हामीसंग अहिले प्रमुख तिन पार्टीहरु छन् । यिनीहरुको इतिहास हेरौ । यी सबै पार्टीहरु विभिन्न समयमा लोकप्रियताको शीखरमा थिए । १५ सालको निर्वाचनमा ने. का. ले दुइ तिहाईनै ल्याएको थियो । सपना बोकेर आएको थियो, यो पार्टी । तेस्तै ४० को दशकमा हालको नेकपा एमाले युवा एबम बुद्दिजिबिहरुको ढुक-ढुकी बनेर आएको थियो । ४० र ५० को दशकको मध्येसम्म युवा बुद्दिजिबिहरुको ठुलो हिस्सालाइ एमालेले आकर्षण गरेको थियो । त्यस्तै ५० को दशकको अन्त्य र ६० को दशक एमाओबादीले अरु पार्टीलाइ बिस्थापित गरि लोकप्रिय भएको थियो । दशकौंको इतिहास बोकेका यी पार्टीहरुको सान्दर्भिकता कसरि सकियो त ? पार्टीहरुको पनि जीबन हुन्छ । र यिनीहरु पूर्णरुपमा संस्थागत हुन दशकौं र शदियौं लाग्न सक्छ । हाल विद्यमान तिन पार्टीहरुनै पूर्णरुपमा पार्टी बन्न सकेका छैनन् । पार्टी संस्कृति अबलम्बन गर्न सकेका छैनन् । चरम गुटबन्दी र नेताहरुको अस्वस्थ प्रतिस्पर्धाले ग्रसित छ । यी प्रतेक पार्टी भित्र जीबन समर्पण गरेका व्यक्तिहरुको ठुलो पंक्ति छ । उनिहरुको उर्जाशील युवा अबधि माउ पार्टीहरुको श्रीबृद्दिकाका लागि खर्च भएका छन् । यस्तो अबस्थामा हामि यिनै पार्टीहरुलाई अझ मजबुत बनाउदै परिस्कृत गराउदै लाने कि नया शक्तिको खोजि गर्ने ? अबस्य पनि यिनै पार्टीहरुलाई परिस्कृत गर्दै लानु बुद्धिमानी हुनेछ ।

पार्टी जीबनका विभिन्न चरणहरु हुन्छन । स्थापित भैसकेका ठुला पार्टीहरु पनि सानो आकारमा नै सुरु हुने हो । सानो आकारमा रहदा त्यसको ब्यबस्थापन सजिलो हुन्छ । बढी चुस्त र धारिलो पनि हुन्छ । केहि राम्रा एजेन्डाहरु, जुझारुपना आदि कारणले लोकप्रिय चरणमा प्रवेश गरेपछि नै पार्टीहरुले समस्या भोग्ने हो । सबै खालका मानिसहरु लोकप्रिय वा शक्तिको नजिक पुगेको पार्टीमा ओत लाग्न खोज्छन । फिल्टर गर्न गार्हो हुन्छ । सबै भन्दा पहिले त अवसरबादी, अपराधिहरु नै जान्छन । अनियन्त्रित कार्यकर्ताको भिड लाग्छ । अब यो ठुलो पार्टीमा फेरी ब्यबस्थापनको समस्या आउछ । हिजोको चुस्त पार्टी अब भुत्ते हुन्छ । प्रकृतिको नियम नै हो सानो खिरिलोले धार काट्न सजिलो हुन्छ र बढी गतिशिल हुन्छ । हाम्रो लागि नया शक्तिको मानक बनेको भारतको आम आदमी पार्टी पनि यहि दशाबाट गुज्रिने छ । हामीले चमत्कारको कुनै नया पार्टी खोले पनि भोग्ने दशा तेही नै हो ।

त्यसैले भैरहेको पार्टीहरुलाई नै सुधारेर जानु उत्तम हुनेछ । त्यसो भए प्रस्न आउछ, सुधार कसरि गर्ने वा कसरि परिस्कृत बनाउने ? मुख्य उपाय भनेको गतिशील नेत्रित्व छनोट प्रणाली अबलम्बन गर्ने हो । हरेक पार्टीमा अहिले सम्म एउटै पुस्ताको हाली मुहाली चल्दै आएको छ । यो पुस्ता अझै नेत्रित्वबाट स्वयम हट्ने मानाशिकतामा छैन । समस्या यँहिनेर छ । यही अबस्थाले गर्दा पार्टी भित्रकै ठुलो पंक्ति निरास छ । यसको मतलब बर्तमान नेत्रित्व अत्यन्त असक्षम र उनीहरुको अबमुल्यन गर्न खोजिएको होइन । उनीहरुले आजिबन नेपाली राजनीतिमा पुर्याएको अद्वितीय योगदानको मुक्तकण्ठले प्रशंशा गर्नै पर्छ । तर यो पुस्ताले बुझ्न पर्ने सत्य के हो भने राजनीतिमा होमिएका प्रत्यक्ले आफ्नो नेत्रित्व क्षमता परिक्षण गर्ने मौका पाउनु पर्छ । यसले देशलाइ पनि फाइदा पुग्छ । यसको लागि पार्टी भित्रनै प्रतिस्पर्धाद्वारा प्रतिनिधिहरु छान्ने बिधिलाइ संस्थागत गर्नु पर्छ । साथमा उही व्यक्ति प्रमुख पदमा दुइ कार्यकाल भन्दा बढी दोहोरिन नपाउने नियम लागु गरिनु पर्छ । यो प्रणालीलाइ संबिधान मार्फत नै ग्यारेन्टी गर्नु आबस्यक छ । अन्यथा यो व्यक्तिको इच्छा अनुसार परिवर्तन हुने सम्भावना हुन सक्छ । राज्यका स्थानिय निकाय लगायत हरेक तप्कामा प्रतिस्पर्धात्मक छनौट प्रणालीको बिकाश गर्दा अधिक संख्यामा नेत्रित्वले परिक्षित हुने मौका पाउछ र राज्यका सबै अंगहरुमा चाडो-चाडो हिजो भन्दा बढी सक्षम र परिस्कृत नेत्रित्व स्थापित गर्न सकिने सम्भावना रहन्छ ! दुइ कार्यकालको नियम राज्यको मुख्य कार्यकारी नेत्रित्वमा पनि लागु गर्नु पर्छ । प्रत्यक्ष निर्वाचनको बिधिलाइ अबलम्बन गर्नसके अझ परिस्कृत हुन सक्ने मेरो व्यक्तिगत धारणा हो ।

माथि उल्लिखित बिधिहरुलाई अबलम्बन गर्नको लागि हामी इतिहासको उपयुक्त मोड- संबिधान निर्माणको चरणमा छौ । हाम्रो समाज शिक्षा र चेतनाको दृष्टिले हिजो भन्दा निकै परिपक्व भैसकेको छ । प्रत्यक पछिल्ला निर्वाचनहरु अघिल्ला निर्वाचन भन्दा बढी शान्तिपूर्ण, र राम्रा छबि भएका असल प्रतिनिधिहरू छान्न सफल छन् । यद्यपि निर्वाचनमा केहि बिकृतिहरु, जस्तै धेरै पैसा खर्च गर्नुपर्ने, उम्मेदवार घोषणाका बेला गुटगत प्रतिस्पर्धा धेरै हुने प्रबृत्ति बढेका छन् । तिनलाई समेत प्रतिस्पर्धात्मक बिधिको ग्यारेन्टीद्वारा मथ्थर पार्ने सम्भावना हुन्छ । तर बिधिहरु संस्थागत हुन र सामाजिक जीबनको अंग बन्न दशकौ लाग्छ । त्यसको अभ्यास गर्न हामी प्रतिबद्ध रहने पर्छ । राज्य, राज्य प्रणालीलाइ जीबनको अंग नबनाई, संस्कृति नबनाई हामीले समग्रमा सम्बृद्ध रास्ट्रको कल्पना गर्नु ठुलो अबुझ पन हुनेछ ।

सेतोपाटी

Leave a comment