सबै बोल्नपर्छ

सुकुम्बासी बस्तीमा डोजर लगाउने आदेश भएकै दिन बेलुका (बैसाख ९) बिरोध स्वरुप केहि प्रश्नहरु उठाएको थिएँ । त्यो मेरो चेत बोलि मात्र थियो । यस्ता बोलीहरु एकसाथ धेरै सङ्ख्यामा बोलियो भने एक खालको बलियो आवाज बन्छ । वा त्यसले गलत काम रोक्न पर्याप्त दवाव सृजना गर्न सक्छ । चाहिएको बेला प्रतिपक्षी दलहरु गुमनाम जस्तै भए । यतिबेला बल्ल क्रमसः बिरोधि अवाजहरु थपिदै गैरहेको छ । बालेन वा रास्वपालाई ब्याक फायर हुन थालेपछि अहिले ब्याक गियर लागेको अबस्था छ ।

सामाजिक सञ्जालमा लेख्नुको अर्थ ‘मैले जानेको छु, मेरो सुझाव सत्ताशीनहरुले हेर्छन, पढ्छन र आफ्नो काममा लागु गर्छन’ भन्ने हैन । यस्तो शायदै हुन्छ । यस्तो काम त बिचार निर्माणको प्रक्रियामा सहभागी हुनका लागि मात्र हो । एकै खालका मत र बिचार धेरै ठाउँबाट आइरहँदा त्यसले एउटा अवधारणा सृजना गर्दछ, र पछि एक खालको दृष्टिकोण वा बिचारको रुप ग्रहण गर्न सक्छ । सत्य कुराहरु स्थापित गर्न मद्दत पुर्याउन सक्छ ।

हो अहिले म नेपालमा छैन । एक खालको जीवन चलिरहेको छ । नेपालको बारेमा नबोल्दा, चासो नदिँदा पनि जीवन चलिरहन्छ । तर मेरो चिन्तन नेपालसँग जोडिएरै बसिरहेको छ। प्रविधिले त्यो सुबिधा उपलब्ध गराएको छ भने मैले किन सदुपयोग नगर्ने ? तर नेपालसँग जोडिएर लेखिरहँदा कतिपयलाई असहज लागेको मनोविज्ञान पनि बुझिन्छ । कसै-कसैले छेड-खानि र घुमाउरो पाराले आक्रमण पनि गरिरहेका हुन्छन । त्यसलाई म अन्यथा ठान्दिन । मानिसहरुको बुझाइको स्तर र बिषयहरुलाई हेर्ने आ-आफ्ना दृस्टीकोण पनि हुन्छन । मेरो जीवनदृस्टी र आदर्शसँग सबै सहमत हुनपर्छ भन्ने म ठान्दिन । त्यसैले असहमतहरुसँग लड्न, भिड्न जाने चलन मेरो छैन ।

एउटा सचेत व्यक्तिको नेताले हाम्रो एउटा कर्तब्य हुन्छ । मानिसहरुमाथि अन्याय भैरहदा चुप रहन सकिँदैन । शासकहरुको मनोमानी, बैमानी र ज्यादतीका कारण संसारका थुप्रै ठाउँमा मानिसहरुले दुख पाइरहेका छन् । अन्यायपूर्ण घटना संसारको जुनसुकै कुनामा किन नघटोस ? निर्दोष जनता माथिको अत्याचार चाहे नेतान्याहूले गाजामा गरेको होस् वा ट्रंपले अमेरिकामा, बोल्नुपर्छ।

नेपालीको कुरा छोडौँ; भाद्र २३, २४ मा नेपाल जलिरहँदा नेपाललाई मायाँ गर्ने थुप्रै बिदेशीहरु टिकटक भिडिओ मार्फत बलिन्द्र आँसु बहाउँदै रुँदै प्रार्थना गरिरहेका भेटिन्थे । तपाइँसँग करुणा छ, समानुभूतिको गुण छ भने संसारका कुनैपनि ठाउँमा हुने आततायी र अन्यायपूर्ण घटनाले स्वभाविक रुपमा उद्वेलित गराउँछ। मानवीय संवेदनाको बिषयमा हरेक अर्को मान्छेले बोल्नु पर्छ भन्ने लाग्छ। मानवता वा मानवीय संवेदनाको कुनै सिमाना हुँदैन।

मानिसहरुलाई आफूले बुझेको सत्यनै सबैभन्दा ठूलो सत्य लाग्दो रहेछ। बालेन्द्र शाहलाई लागेको पनि तेही नै हो। अनि धेरैलाई के लाग्छ भने पुराना दलहरुले सबै बेथितिहरु नियतबस वा जानी-जानीनै भित्र्याएका हुन्। सहि नतिजा निस्कन नसक्नुमा एकमात्र कारण हुँदैन । बेथिति भित्रिनुमा समस्यालाइ राम्रोसँग बुझ्न नसक्नु, अथवा आबस्यक प्रयास नगरिनु, सहि तरिका नअपनाइनु, समाधानको उचित बाटो पत्ता लगाउन असफल हुनु, सहि निकास निकाल्ने आवस्यक सिप वा दक्षताको अभाव हुनु, आदि अनेकौँ कारणहरु हुन सक्छन । बितेका ३५ बर्षमा समस्या समाधानका लागि कसैबाट पनि सकारात्मक प्रयास हुँदै भएन भन्न मिल्दैन ।

पहिलेकाले समस्या समाधानमा के त्रुटी गरे? किन असफल भए? अहिलेको सरकारले त्यही बिन्दुबाट काम थाल्नुपर्थ्यो। यानेकि आबस्यक संयन्त्र निर्माण गरेर अनुसन्धान/अध्ययनको बाटोबाट काम थाल्नु पर्थ्यो । त्यसपछि बिज्ञ र सरोकारवालाहरुसँग छलफल, बहस मार्फत समाधानका खाका तयार गर्नपर्थ्यो । त्यसको लागि कति चाहिन्छ, समय लिन पर्थ्यो ।

कतिपय बिषयहरु हामी जे बुझीरहेका हुन्छौँ, वा औसत बुझाई जे हुन्छ, वास्तविकता त्यस्तो नहुन सक्छ । सत्य-तथ्य त गहिरो अध्ययनपछि मात्र थाहा लाग्न सक्छ । अहिलेको सतही बुझाइअनुसार बस्तीमा आश्रित सब अतिक्रमणकारी, स्वार्थि, दलहरुद्वारा पालित-पोषित हुकुम्बासी ठहर्याइयो । वास्तविकता त्यस्तो थिएन । त्यहाँ बहुसंख्यक दलित भूमिहीन, सिमान्तकृत कम्जोर वर्गका नागरिक थिए, जसलाई राज्यको वास्तविक संरक्षण चाहिएको थियो ।

पुरानाले बिधि वा ढङ्ग पुर्याएर काम गर्न सकेन भनेरै नै जनताले राम्रो बिकल्पको रुपमा अहिलेका जान्ने व्यक्तिलाई जिम्मेवारीमा पठाएका हैनन् र ? अनि फेरि काम गर्ने तरिका उही हचुवा र पुरानै पाराको भए पछि कसरी राम्रो नतिजा निस्किएला र ?

बिधि र प्रक्रियाको बाटो, छोटो वा छिटो (shortcut) हुँदैन । त्यसलाई नाघ्नु भनेको जोखिमको बाटोमा जानु हो । यस्तो कामले घाटा हुने आफैलाई हो । यस्तोमा समयक्रममा कानूनको फन्दामा परिने जोखिम उत्तिकै रहन्छ ।