
नेपाली राजनीतिका दुई मूर्धन्य हस्तीहरू बीपी कोइराला र पुष्पलाललाई अधिकांश नेपालीले आदरका साथ स्मरण गर्दछन । उल्लेखनीय के छ भने, समय बित्दै जाँदा यी दुई नेताप्रतिको सम्मानको दायरा क्रमशः बढ्दै गएको छ । दुवै नेतालाई विपक्षी विचारका अनुयायीहरूबाट समेत आदर दिने क्रम बढ्दो छ ।
उनीहरूप्रति आजपर्यन्त श्रद्धा जागिरहनुको कारण के होला ? कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीले चलाएको सत्ताको अवधि छोटो र प्रभावकारी थियो । जनताले उनीहरूको नेतृत्वको निरन्तरता चाहेकै अवस्थामा सत्ताबाट ओर्लिनुपर्यो । मदन भण्डारी, पुष्पलालले राजकाज चलाएको हेर्ने मौका जनतालाई मिलेन । गणेशमान त्यस्ता व्यक्ति थिए, जसले सरकारको नेतृत्व गर्ने अवसरलाई समेत त्यागेका थिए । जीवन र जगत्प्रतिको दृष्टिकोण वा आफ्नो जीवनदर्शनप्रति प्रस्ट, आफूले अंगीकार गरेको विचार र सिद्धान्तप्रति निष्ठावान् यी नेताहरूको राजनीतिक जीवनको उल्लेख्य अवधि संघर्षमै बित्यो । समग्रमा उल्लिखित राजनीतिक व्यक्तिहरू शक्ति र पदमा आसक्त भएनन् । र, बाँचुन्जेल राजनीतिलाई देश र जनताको सेवाको माध्यमका रूपमा अंगीकार गरे ।
Continue reading
सभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् ।
एक्काइसौँ शताब्दीकै विशेष उपलब्धिको रूपमा लिन सकिने सामाजिक सञ्जालप्रति नकारात्मक अभिव्यक्तिहरू छताछुल्ल हुनथालेका छन् । कतिपय विद्वानहरूले यसलाई असामाजिक सञ्जालसमेत भनिदिएका छन् । सञ्जालमा हुने आलोचना र टिप्पणी बढी मात्रामा व्यक्ति केन्द्रित र आक्रोशपूर्ण देखिएको हो कि जस्तो भान हुन्छ । आलोचनामा हतारो बढी देखिन्छ, जसले तथ्यहीन, सतही र हचुवा पाराका खबरहरूको दबदबा बढिरहेको देखिन्छ ।
केपी ओली नेतृत्वको सरकार गठन भएयता पाँच महिना व्यतित भएको छ । यो अवधि सरकारको मूल्यांकनका लागि पर्याप्त हैन । दुई तिहाई बहुमतको, बलियो/स्थिर, कम्युनिष्ट सरकारको बिबिध विशेषणसहित गठन भएको सरकारको कामको तौरतरिका बिगतका सरकारको भन्दा टड्कारो रुपमा भिन्न हुनेछ भन्ने आम अपेक्षा थियो । तर, सरकारको कामको शैलीले कुनै नवीन छनक दिने संकेत अहिलेसम्म देखाउन सकेको छैन। 



It was summer 2008, and we were in Cholangpati at an elevation of 3500 m a.s.l., a few hours of steep and difficult climbing from Dhunche on the way to Gosaikunda. At an elevation of 3910 m above sea level, close to Lauribinayak, we found a single tree of Himalayan fir standing about 2.5 metres tall. Above this elevation, high-stature trees disappeared and are therefore termed the ‘treeline’ elevation. From here upwards, a landscape with grasses and shrubs begins.
