समृद्धिको बहस: नमिलेको भाष्य

kantipur1आधुनिक विश्वमा देशहरू धनी र गरिब किन छन् ? यो गहन प्रश्नको जवाफको खोजीमा विद्वानहरूद्वारा अध्ययन र अनुसन्धानमा लामो समय व्यतित भएको छ । ७० को दशकमा गरिब मुलुक पपुआ न्युगिनीका एक स्थानीय नेता (याली) द्वारा अमेरिकी चरा वैज्ञानिक जारेड डायमण्डलाई यही प्रश्न गरिएको थियो ।

जवाफ खोज्ने क्रममा उनले २५ वर्ष अध्ययन, अनुसन्धान गरे र निष्कर्षमा ‘गन्स, जर्म्स एन्ड स्टिल’ नामक विख्यात पुस्तक तयार गरे। उनले समृद्धिको प्रसङ्गलाई मानव सभ्यताको उदगम वा इतिहाससँग जोडेर हेर्ने प्रयास गरेका छन्।

अमेरिकी अर्थशास्त्री द्वय डारेन असेमोग्लु र जेम्स रबिन्सनले १५ वर्षको अथक प्रयासपछि तयार गरेको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ पनि त्यही प्रश्नको जवाफ खोज्नमा तल्लिन छ। तर यी दुई पुस्तक लगायत अन्य थुप्रै अध्येताहरूको व्याख्या र विश्लेषणले चित्तबुझ्दो जवाफ खोजिरहेको समुदायलाई पूर्णरूपमा सन्तुष्ट बनाउनसकेको छैन। Continue reading

लोकतन्त्र बलियो बनाउने दायित्व

loktantra1आधुनिक नेपालको झन्डै सात दशक व्यतित भइसक्दा समेत नेपालीको निराशा र असन्तुष्टि ज्युँकात्युँ रहेको छ। हाम्रो चाहना अनुसारको अग्रगामी राज्यको प्रस्थानबिन्दु विधिको शासन हो ।

योग्यताको कदर, रोजगारीको अवसर, राजनीति र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारको अन्त्य, जातीय, क्षेत्रीय, लिंगीय विभेदको अन्त्य, महिला, दलित, अल्पसंख्यक समूहको राज्यका अंगहरूमा सम्मानजनक उपस्थिति, शिक्षा र स्वास्थ्यमा आधारभूत जनताको पहुँच, आर्थिक उन्नति आदि परिवर्तनका मुख्य मुद्दालाई सम्बोधन गर्ने दिशामा हामीले आशातित उपलब्धि हासिल गर्नसकेका छैनौँ । नयाँ संविधान लागु हुने क्रममा उल्लिखित मुद्दा कुन रूपमा कति सम्बोधित हुनेछन्, त्यो पर्खाइको विषय होला। Continue reading

सफा नेपाल, शालीन नेपाली

loktantra2केही दशक अघिसम्म नेपाल भन्नासाथ मानिसको दिमागमा हरियालीले पूर्ण, सफा आकास र स्वच्छ हिमशृंखलाको चित्र दिमागमा आउने गथ्र्यो । तर बितेको शरदमा त्यस्तो दृश्य दृष्टिगोचर भएन । नगरकोट पूर्वपट्टिको हिमशृंखला घुर्मैलो देखियो र फूलचोकीबाट काठमाडौं हेर्न खोज्दा धुवाँको बाक्लो पत्रले छेकेकाले प्रस्ट देख्न सकिएन ।

अनुसन्धाताहरू भन्छन्, काठमाडौंको आकाशमा प्रदूषित हावाको घनत्व दिन दुई गुना, रात चौगुना दरले बढिरहेको छ । प्रदूषक ग्यासमध्ये कार्बन डाइअक्साइडको अंशमात्र ९० प्रतिशतभन्दा बढी छ । कार्बन डाइअक्साइड पृथ्बीको तापमान वृद्धिका लागि जिम्मेवार मानिएका हरितगृह ग्यास मध्येको मुख्य घटक हो । Continue reading

परिवर्तनको आभास दिलाउने व्यवस्था

लामो समय अन्योलको अवस्था रहे पनि केही सातादेखि संविधान निर्माण महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ । जनताबाट प्राप्त सुझावले केही मुख्य विषयमा तीव्र बहस सिर्जना गरिदिएको छ । यी मध्ये एउटा मुख्य विषय शासकीय प्रणाली हो । बहस कुन शासकीय प्रणाली ठीक भन्ने हैन, बरु नेपालको वर्तमान वास्तविकताका कारण ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व’मै जानु किन श्रेयस्कर छ ? भन्नेबारे केही तथ्यहरू स्मरणका लागि प्रस्तुत गरिएको छ । Continue reading

पर्खाल

यता म

उता तिमी र

र हामी बीच

सदियौं देखि उभिएको थियो

अभेध्य पर्खाल। 

यताबाट म

तिम्रो छालाको रङ्ग हेर्थें

र द्वेष पाल्थें

उताबाट तिमी

मेरो

नाकको उचाइ अनुमान गर्थ्योउ र

हरदम घृणा फाल्थ्योउ। 

म तिम्रो

आँखाको गोलाई मात्र हेर्थें

दृस्टीको गहिराइ नाप्न सक्थिन

तिमी मेरो छातीको रौँ हेर्थ्योउ

मनको विशालता नाप्न सधैँ असमर्थ हुन्थ्योउ। 

यसै बीच त्यो अजङ्गको पर्खाल

एकाएक ढल्यो

त्यसका प्रत्येक छपनी

दुबैको मस्तिष्कमै बज्रियो। 

रगत पच्छे भयौं हामी

एका-एक झस्कियौँ। 

‘रगत दुबैको रातै रहेछ’

पीडाले चिच्यायौँ

आर्तानादी स्वर दुबैको उस्तै निस्कियो

भोकमा भेटेको

गुन्द्रुक र दालको स्वाद भिन्न थिएन

प्रियजन हाम्रा साझा थिए

शान्त्वनाको ध्वनी उस्तै सुनियो। 

अहिले एउटै छत मुनि

उही छिद्रबाट

उज्यालो चन्द्र सूर्य हेर्दैछौँ। 

तिम्रो हातमाथि मेरो हातको स्पर्श छ

मन मन जोडिदैछ। 

यहि मौका हो

सङ्कल्प गर्नुछ

ढलेको पर्खाल

फेरि उठ्न दिनु हुन्न

त्यसैको छपनी माथि

हामी चाहिँ उठ्नुपर्छ।

९ जुन २०१५

 

ओझेलमा संविधानका महत्त्वपूर्ण सवाल

नेपाली जनताको लामो समयको धैर्यता, हजारौंको बलिदान र लाखौँको सपनाको मूल्यमा हामी एकथान संविधान प्राप्त गर्दैछौं । तसर्थ आउने संविधानमा सबै जातजाति, भाषाभाषी, लिङ्ग, क्षेत्रद्वारा ठूलो आशा राखिनु स्वाभाविक हो । हाम्रो बुद्धिमत्तापूर्ण निर्णय क्षमताबाट मात्र यस्तो युगिन महत्त्वको दस्तावेज निर्माण हुनसक्छ । फेरि अर्को स्वीकार गरिनुपर्ने विषय भनेको यो संविधान सुरुमै त्रुटिरहित र पूर्ण बनेर आउने छैन । तसर्थ समयक्रममा परिस्कृत हुँदै जाने दस्तावेजको रूपमा यो आउनुपर्छ ।

अब जाउँ संविधानका मूल मुद्दातिर । संविधानको मूल विषयको रूपमा संघीयता, पहिचान, शासकीय स्वरूप आदिलाई केन्द्रबिन्दुमा राखी त्यसैमा आम छलफल केन्दि्रत हुँदै आएको छ । युगिन महत्त्वको विषय भएकाले संविधानसभाभित्र र बाहिर, भिन्न दलहरूबीच, दलहरूभित्र, नागरिक तहमा बहस हुनु स्वाभाविक हो । तर अहम् विषय भनेको यी मुद्दाहरूमा कस्तो निर्णय कुन आधारमा लिइनेछ भन्ने हो । संघीयताको मुद्दाले क्षेत्रीय विभेद, पहिचानको मुद्दाले जातीय विभेदको मुद्दालाई सम्बोधन गर्नेछ । अल्पसंख्यक र दलितहरूको मुद्दा पनि बहसका विषय बनेका छन् । कुनै न कुनै रूपमा ती मुद्दाहरूको पनि सम्बोधन हुने नै छ । उल्लिखित मुद्दाहरूको सम्बोधन आवश्यक छ, त्यसमा कुनै विमति छैन । तर बहसकै क्रममा अग्रगामी संविधानमा छुट्न नहुने अन्य थुप्रै विषयहरू ओझेलमा परेको देखिँदैछ । जुन राम्रो संकेत हैन । Continue reading

खोइ नागरिक समाज ?

khoi-nagarik

बहुप्रतिक्षति माघ ८ टरेर गएको छ। संविधानको सुरक्षति अवतरण हुन सकेन। राष्ट्रको प्रसव वेदनाको घडी अझ लम्बिएको छ। पक्ष-विपक्ष सभ्य समाजले शिर निहुराउनपर्ने गरी निर्लज्ज ढंगले दन्तबझानमा ओर्लिएका छन्। दलहरूको यस्तो हर्कतले शालिन नेपाली जनताको दिगो शान्ति र अग्रगामी संविधानप्रतिको अकन्टक आस्थामाथि ठूलो अन्याय भएको छ। राष्ट्र यसरी संकटापन्न अवस्थामा गुजि्ररहेका बेला नागरिक समाज र बुद्धिजीवीहरूको अहिलेको भूमिका वा मूकदर्शक शैली, कत्तिको प्रासंगिक होला?

हरेक समाजको एउटा चरित्र हुन्छ। विविध विचार, दृष्टिकोण, विविध जीवन शैलीका मान्छेका थुप्रै समूहले एउटा समाज बनेको हुन्छ। यिनै फरक समूहका प्रतिनिधि पात्र हुन्, हाम्रा नेताहरू। तसर्थ केपी ओलीका उखान-टुक्कामा आनन्द मान्नेहरू, प्रचण्डका घुर्की-धम्की र कथित क्रान्तिकारी भाषामा रमाउनेहरू समाजका स्वाभाविक पात्रहरू हुन्। त्यसमाथि संघीयता भन्ने शब्ददेखि नै तर्सनेहरू, हिन्दु राज्य र राजतन्त्रमै आफ्नो मौलिकता देख्नेहरू पनि यही समाजका अंग हुन्। यिनै विभिन्न समूहमध्ये समाजमा अर्को एउटा महत्त्वपूर्ण र जबर्जस्त तप्का पनि हुन्छ, जसले राष्ट्रलाई आवश्यक परेका बेला विचारको मूलधार सिर्जना गर्ने गर्छ। अथवा यही समूहले नै मुख्य भंँगालो निर्माण गर्छ र त्यसैमा राष्ट्रिय जीवनका बहुसंख्यक समूह समाहित भई सिङ्गो राष्ट्र निकासको दिशामा अघि बढ्छ। प्राध्यापक, शिक्षक, पत्रकार, डाक्टर, वकिल, कर्मचारी, राष्ट्रिय सेवाबाट निवृत्त स्वतन्त्र व्यक्तिहरू यो समूहका निधिहरू हुन्। यो तेही तप्का हो, जसले ०३६ सालको जनमत संग्रहमा निरङुश पञ्चायती व्यवस्थाको विरुद्धमा ब्यापक जनता एकत्रित हँुदैछन् भन्ने स्पष्ट सन्देश दिएको थियो। तर यो समूहले दिएको सन्देशलाई तत्कालीन शासकले बेवास्ता गरेकै कारण ४६ सालको धक्काबाट विस्थापित हुनुपर्‍यो। अहिलेका सत्तारुढ कांग्रेस र एमाले सुरुवाती दिनहरूमा संविधानसभाको पक्षमा थिएनन्, तर यही समूहको दबाबको कारण संविधानसभाको पक्षमा एउटा भंँगालो तयार भयो र जसमा सबै पक्ष सामेल हुन कर लाग्यो। Continue reading

सहभागितामूलक संविधानको रूपरेखा

हिन्दी सिनेमा ‘लन्च बक्स’मा एउटा सम्वाद पटकपटक दोहोर्‍याइएको छ, ‘गलत ट्रेनमा चढे पनि त्यसले कहिलेकाहीँ सही गन्तव्यमा पुर्‍याइदिन्छ ।’ संविधान निर्माणको प्रक्रिया हेर्दा यस्तो देखिन्छ, हामी पनि गलत ट्रेन चढिरहेका छौं, तर यो ट्रेन गन्तव्यमा पुग्ने सम्भावना देखिएको छैन । किनकि संविधान निर्माणको आधार र प्रक्रियाले सही धरातल पक्रन सकेन । एक त माघ ८ मा संविधान घोषणा हुने सम्भावना देखिएको छैन । कथंकदाचित घोषणा भएछ भने पनि यसले ठूलो समस्या झेल्ने देखिएको छ ।

सिद्धान्तत: संविधान निर्माण र प्रक्रियामा आम जनताको सहभागिता रहोस् भनेर संविधानसभाको गठन गरिएको हुन्छ । विभिन्न जातजाति, भेषभूषा, भाषा, संस्कृति, लिङ्ग, क्षेत्रका प्रतिनिधिको रूपमा नेपाली जनताले ६०१ (सांकेतिक) सभासदलाई चुनेर पठाएका छन् । अघिल्लो संविधानसभाको अधिकतम बुँदाहरूलाई यो संविधानसभाले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ । अघिल्लो संविधानसभाका सबै सभासदहरू वर्तमान सभामा दोहोरिएका छैनन् । यस अर्थमा यदि माघ ८ मै संविधान जारी गर्ने हो भने दोस्रो संविधानसभाका करिब ९० प्रतिशत सभासदहरूको जारी संविधान निर्माण प्रक्रियामा वास्तविक सहभागिता हुने छैन । दोस्रो संविधानसभाको १ वर्ष बित्न आँटिसकेको छ । संघीयता लगायत विभिन्न मुद्दाहरूमा ब्यापक बहसहरू भैरहेका छन् । तर अनौठो कुरा के छ भने जसलाई जुन जिम्मेवारी दिएर पठाइएको हो, उनीहरूचाहिँ छलफलबाट टाढै देखिन्छन् । किन बञ्चित गरिए, यी सभासदहरूलाई छलफलबाट ? विविध जातजाति, भाषाभाषीहरूको भावना बोल्न पठाइएको होइन र उनीहरूलाई ? विभिन्न क्षेत्र र समूहका प्रतिनिधिहरूले आफ्नो भावना मुखर गर्न किन पाएनन्, संविधानसभामा ? यसको जिम्मेवारी कसले लिने र जवाफ कसले दिने ? यस्तो अवस्थामा जारी संविधान कसरी सहभागितामूलक हुनसक्ला ? Continue reading

विकसित कि सुखी नेपाल ?

sukhi-nepal1मानव सभ्यताले इतिहासमा ठूलाठूला संकटको सामना गरेको छ । युद्ध, भोकमरी, महामारीले विश्व जनसंख्याको ठूलो समूह आहत भएको तथ्य हामीले पढेका छौं। दोस्रो युद्धपश्चात् पछिल्लो दशकमा पूरै विश्व गरिबीको विरुद्ध लडिरहेको छ र विगत तीन दशकमा गरिबी निवारण्ाको लक्ष्यमा भारी सफलता हासिल भएको छ। पूरै भूगोलमा फैलिएको लहरले हामीलाई पनि छोएको छ । फलस्वरूप शिक्षा र स्वास्थ्य क्षेत्रमा केही उल्लेखनीय उपलब्धि हासिल गर्न हामी सक्षम भएका छौं ।

साथै व्यक्तिगत स्वतन्त्रता, सुरक्षा र सामाजिक मूल्यको आधारमा मूल्यांकन गर्दा हाम्रो अवस्था विश्वका अन्य कैयौं देशभन्दा राम्रो छ । तर आर्थिक अवस्था, रोजगारीका अवसर, सुशासनको अवस्थालाई हेर्दा हाम्रो स्थान अझै निराशाजनक छ । आर्थिक र सामाजिक जीवनमा सुधार ल्याउने ६ दशक लामो प्रयासको बाबजुद आज पनि हाम्रो देशका करिब ४५ लाख जनताको दैनिक आम्दानी १ अमेरिकी डलरभन्दा कम छ, जुन रकमले पर्याप्त खाने कुरा किन्न सकिन्न । Continue reading

काठमान्डू: मेरी प्रेयसी

एउटा दृस्टीकोण

सुहागरातका प्रहरहरू

एउटा मृगतृष्णा ।

रातको धुमिल प्रकाशमा

घुम्टो भित्र ओझेल परेको

मलिन मलिन

तिम्रो अनुहार खोज्न

म दलिन-दलिन तिर

चियाउँदै हिडिरहेछु,

आकाङ्क्षा उमार्दैछु

सुन्दर सपना ओढदैछु

सुदृढ भबिस्यको मोडेल बनाउने

कल्पनामा डुबदैछु ।

कल्पनाको सानो संसार

तिमी भित्र र म भित्र

सिमित रहिरह्यो रातभरि,

न म तिम्रो नजिक जान सकेँ

न तिमि मेरो नजिक आउननै सकयौ ।

बरु पटक पटक

एउटै क्रम दोहोरिरह्यो

जब म ब्युझिरहेको हुन्थेँ

तिमी शायद सपनामा

भविष्य बुनिरहेकी हुन्थ्योउ

जब तिमी ब्युँझिरहेकी हुन्थ्योउ

म निदाइरहेको हुन्थेँ

यसरी सिङ्गै रातले

बिना कुनै सम्झौता घुम्टो उघार्यो ।

अनि सधैँझैँ

भूक-भुकेमै

तिम्रा पाइलाहरु

बागमती र पशुपतितिर डोरिए,

यता मेरा निस्तेज आँखाहरु

एक्काशी बुद्दका तेजिला आँखासँग

जुधे र नतमस्तक भए ।

यसरी

तिमी पूर्व र म पश्चिम

रात त्यसै बित्यो

कुनै सिर्जना रोप्न सकिएन

कुनै सम्झौता लेख्न सकिएन

तिमी र म बीच

कुनै सुत्र बाँधिन सकेन

मेरी प्रेयसी काठमान्डू ।।।

०४६ जेष्ठ १६

सेल्फिस जिन र संविधानको गाँठो

दोश्रो संबिधान सभाले तोकिएको समयमा संबिधान दिनेछ भनि उत्साहका साथ् निर्वाचनमा सहभागी भएका नेपाली जनताको आशा माथि फेरि कालो बादल मडारिन थालेको छ । संबिधान कस्तो बन्नु पर्ने ? जनताले आफ्नो स्पस्ट अभिमत प्रकट गरिसकेका छन् । दुर्भाग्य के हो भने जनताको यो अभिमतलाइ यो वा त्यो बहानामा तोड मरोड़ गर्दै समस्याको समाधान खोजिदैछ । स्पस्ट जनादेश प्राप्त संबिधानसभालाइ निकम्मा साबित गर्दै, जनभावना र लोकतन्त्रको खिल्ली उडाउदै शीर्ष नेताहरुको टेबलमा सहमति खोज्नु, सहमतिकै नाममा अत्यन्त महत्वपूर्ण समय गुजार्दै जानुले आम नागरिकमा निराशा छाउनु स्वभाबिक हो ।

मानिस स्वभाबैले स्वार्थि हुन्छ । आफु, आफ्नो परिबार, नातागोता, आफ्नो समूह, संगठन र दलप्रति आशक्ति देखाउनुमा उसलाई गलत मान्न सकिदैन । यी गुणहरु प्रकृति प्रदत्त हुन् । विज्ञानको यो अकाट्य नियम बाहिर गएर जो कोहि सामान्य मानिसबाट बिशिस्ठ ब्यबहारको आशा गर्नु मुर्खता हुन जान्छ । तर यस्ता गुणहरुको मात्रा व्यक्ति अनुसार फरक हुन् सक्छ । कुनै समूह वा आफ्नै परिबारसँग हिडिरहेको मान्छे अचानक जोखिममा परेमा सबैभन्दा पहिले उसले आफ्नो शरीरको बचाउ गर्न खोज्छ । कुनै अबसर वा लाभ प्राप्त हुने बेला उ आफैलाई सबैभन्दा पहिले मुख्य हकदार ठान्छ र प्राप्तिका लागि सारा उपक्रम अपनाउँछ । स्वार्थ मिल्नेहरु एक ठाउँमा आउछन र समूह बन्छ । यो अन्य जनावरको हकमा पनि लागु हुन्छ । तसर्थ स्वार्थिपन प्रकृति प्रदत्त गुण हो । यस्तो गुण र व्यवहारका कारकको रुपमा प्रशिद्ध जीव बैज्ञानिक रिचार्ड डकिनले स्वार्थि बंशाणु (selfish gene) को चर्चा गरेका छन् । तर मानिस लगायत जनाबरहरुमा यसको अलावा आफुलाई कम महत्व दिएर अर्काको स्वार्थमा समर्पित हुने निस्वार्थी गुणहरु (altruistic) पनि हुन्छ । तर यस्ता गुणले पनि उनीहरुलाई अप्रत्यक्ष रुपमा केहि लाभहरु दिइनै रहेका हुन्छन । यस्तो फायदा मध्ये केहि उनीहरुको बंश, समूह बचाउसँग सम्बन्धित हुन सक्छ । जस्तो एउटा आमाले आफुलाई जोखिममा पारेर पनि बच्चाको बचाउमा ध्यान दिन्छ । शहिदहरु रास्ट्रको नाममा आफुलाई बलिदान गर्छन । राजनेताहरु निस्वार्थ भावले रास्ट्र र जनताको भबिश्यका लागि आफ्ना व्यक्तिगत फायदालाइ उदारतापूर्बक तिलान्जली दिन्छन । यस्तो ब्यबहार निस्वार्थी गुण (altruism) को कारण मात्र सम्भब हुन्छ ।

Continue reading

देश बाहिर पनि देश हुन्छ

सुन्छु,

हिजो-आज,

बारीको कांल्लामा

सयपत्री फुल्दैनन

घर अगाडिको गह्रा बाँझै छन्

त्यहाँ

मस्याङ्ग, बोडी अनि भटमास फ़ल्दैनन ।

मलाई चिन्ता छ

भाइ शहरमै रमाएको छ,

बा-आमाको हात-गोडा बसिसकेछन

उसले सोधनी सम्म गरेको छैन

पोहोर सालको दसैं खर्च

यतैबाट पठाएको थिएँ,

यसपाला पनि खर्च मै पठाउला

अहिलेको साल घर आउन पाइएन

बाले मोबाइलमा कुरा गर्दै भन्नु भयो-

‘बाबु भर् तेरै हो ।’

यता मलाइ चयन पटक्कै छैन

दिन-रातको खटाइ छ

‘बा-आमा’ भोकै नपरुन

भाइको क्याम्पस पढाइ नरोक्कियोस’

बिहान उठ्नासाथ

चियाको कपमा सुसेलोले फुक्दै

उतैको खबर पढिन्छ

समाचारका हेडलाइनहरु

हिजो र आज

खासै भिन्न लाग्दैनन्

सिंहदरबारमा अझै औसतहरुको राज छ

सिल्लीहरु अझै दिल्ली दौडमै ब्यस्त छन्

बिमानस्थलमा नबयुवाहरुको लर्को उस्तै छ

गन्तब्य लक्षित यात्राहरु

नरक-यात्रामा टुङ्गिन छाडेका छैनन्

यी र यस्तै बासी समाचारहरुले

सधै मन कोक्याई रहन्छ ।

तर

मन बुझाउन

छाकै पिच्छे मलाइ दाल-भातनै चाहिन्छ

दृश्य हिमालकै राम्रा लाग्छन

बाणी बुद्धकै प्यारा लाग्छन

चिसो पानी पिउँदा

घर माथिको

ढुंगे धाराकै याद आउँछ ।

हिजो-आज त

चाड-बाड मनाउन

किन्नर-किन्नरिहरु उतैबाट आउँछन्

हामी बसेको घरको आँगनमा

‘बागिना’* पस्किन्छन्

हाम्रो खुसीले आकाशै भेट्छ

फर्कदा उनीहरु

मुटुभरी माया र छातीभरि गहिरो बिस्वास

बोकेर फर्कन्छन ।

त्यसैले,

हिजो-आज

सोध्न मन लाग्छ

कसले भन्छ?

देश भित्र मात्र देश हुन्छ

म उदघोष गर्छु

देश बाहिर पनि देश हुन्छ ।

(* बाजा-गित-नाच)

पुष ३०, २०७०